Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

कोशी सरकार विरुद्धको रिटमा आज पनि भएन सुनुवाइ

कोशी सरकार विरुद्धको रिटमा आज पनि भएन सुनुवाइ


  • 1.5K
    Shares

    कोशी सरकार विरुद्धको रिटमा आज पनि भएन सुनुवाइ
    images

    काठमाडौं । कोशी सरकार विरुद्ध नेकपा एमालेले दिएको रिट सोमबार पनि सुनुवाइ भएन ।

    तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि गत शुक्रबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

    तर उक्त रिटमाथि आइतबार र सोमबार दुबै दिन सुनुवाइ हुन सकेन । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा ‘हेर्न नभ्याइने’ मा परेको सो रिट सोमबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर सोमबार पनि उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मै परेर सुनुवाइ नभएको हो ।

    एमालेले तटस्थ भूमिकामा रहनुपर्ने सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री नियुक्त भएकाले उक्त नियुक्ति बदर गर्न परमादेशको आदेश माग गरेको थियो ।

     

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १७:३८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij