Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

लुम्बिनी विकास बैंक १७ औँ बर्षमा, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

लुम्बिनी विकास बैंक १७ औँ बर्षमा, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव


  • 2.6K
    Shares

    लुम्बिनी विकास बैंक १७ औँ बर्षमा, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

    काठमाडौँ । लुम्बिनी विकास बैंकले आफ्नो १६ औं बर्ष पुरा गरि १७ औँ बर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको हो । 

    उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टोखा नगरपालिका वडा नं। ७ बसुन्धरा, धापासीमा अवस्थित “पवित्र समाज सेवा नेपाल”मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

    साथै, बैंकले वार्षिकोत्सवकै उपलक्ष्यमा संस्थामा २० वर्ष भन्दा बढि विभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गरेका १२ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु र व्यवस्थापनको उपस्थिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयुक्त रुपमा कर्मचारीहरुलाई दिर्घसेवा पदक र मायाको चिनो प्रदान गरेका हुन्।

    बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उपस्थित सम्पूर्णमा शुभकामना सहित स्वागत मन्तब्य राखेका थिए । अध्यक्ष चिन्तामणी भट्टराईले सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना तथा बधाई दिए ।

    हालसम्म बैंकले ७ वटै प्रदेशमा ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

     

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १७:०७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij