Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जना पक्राउ, १ अर्ब ९६ करोड कारोबार

विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जना पक्राउ, १ अर्ब ९६ करोड कारोबार


  • 2.9K
    Shares

    विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जना पक्राउ, १ अर्ब ९६ करोड कारोबार

    काठमाडौँ । विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारबाट वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई पक्राउ गरेको हो । 

    वैदेशिक रोजगारीमा रहेकाहरुले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको सुन बोकेर ल्याएको प्रहरीले जनाएको छ । शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई परिचालन गर्दै आएको खुलेको छ ।  

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले सन् २०१९ देखि उनको खातामा १ अर्ब ९६ करोड कारोबार देखिएको बताए ।

    राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै सिनामंगलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोद कुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी सुन संकलनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

    त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाको आधारमा निगरानी बढाउँदा पछिल्लो पटक बिदेबाट आउने ५ जनाको साथबाट ८२८ ग्राम सुन बरामद भएको प्रहरीको भनाइ छ । यसरी सुन पटक पटक आउने गरेको प्रहरीको प्रहरी स्रोतको भनाइ छ । 

    विदेशबाट फर्किने क्रममा सुनसहित पक्राउ पर्ने ५ जनामा धनुषाका सुनिल कुमार महरा, नरेश पजींयार, सिरहाका दिनेश कुमार यादव, कपिलवस्तु सन्तु गुलाम मुराउ र  बाँकेका भुम बहादुर वली रहेका छन् । 

    यस्तै सुन संकलन गर्ने क्रममा पक्राउ पर्नेमा बिनोदसहित सञ्जु कुमारी शाह दुर्गा प्रसाद यादव र देवानन्द शाह  रहेका छन् ।प्रहरीले सिरहाका मोहन कुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिव सुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको छ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

     

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १४:३८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij