२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गरेका छन् । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गरेका हुन् ।
‘चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ । मैले त भनिरहेको छु । एउटा बल्ल बल्ल पाएका थियौँ, बुझ्दै नबुझ्ने पर्यो, अर्को बैठक भन्दा अघि सचिवालयले दिनैपर्छ। आगामी बैठक बस्नु अगावै समित सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने बताए ।
उनले भने, ‘प्रत्येक हामी मान्य सदस्यले त्यो थाहा पाउनुपर्छ । के भएको छ, के निर्णय भयो, निर्णयलाई उल्ट्याउँछौँ भनेको होइन, त्यो भ्रम परिसकेको छ, त्यो निर्णय भएको कुरा नयाँ उजुरी कहीँबाट आए हेर्नसक्छ समितिले, एकपटक टुंगिसकेको कुरा केही हुँदैन, तर जुन निर्णय भयो, त्यसलाई थन्क्याएको छ भने सरकारले थन्क्याएको भए सरकार र कुनै संवैधानिक संस्थाले गरेको छ भनेसंवैधानिक संस्थाले थन्क्यायो ।’
उनले समितिले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभई जानकारीका लागि पनि समितिले सो फाइलहरु उपलब्ध गराउनु आवश्यक रहेको बताए । यो संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई छैन । निर्णय नगरी थन्क्याउने कुरा गम्भीर कुरा हो । त्यो सबै आओस् ।’
उनले समितिमा आएका अनियमितताका प्रकरणहरु थन्क्याएर राख्नु संसदको समितिको अपमान हुने बताए । उनले संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको बताए । समितिलाई चर्चित भ्रष्टाचार काण्डका इलहरुको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij