Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

२८ अङ्कले बढ्यो शेयर बजार, ३ अर्ब बराबरको कारोबार

२८ अङ्कले बढ्यो शेयर बजार, ३ अर्ब बराबरको कारोबार


  • 2.1K
    Shares

    २८ अङ्कले बढ्यो शेयर बजार, ३ अर्ब बराबरको कारोबार
    images

    काठमाडौँ। हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २८ दशमलव ३८ अङ्कले बढेर दुई हजार ७७ दशमलव ७६ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर सामान्य बढेको छ । आज रावा इनर्जी कम्पनीको शेयर १० प्रतिशत तथा सिटी होटलको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सबैभन्दा धेरै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको शेयर साढे छ प्रतिशत र बीपीडब्ल्यू लघुवित्तको शेयर साढे चार प्रतिशतले ओरालो लागेको छ ।

    आज दुई सय ८७ वटा कम्पनीको शेयर ८३ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख रुपैयाँमा किनबेच कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको १८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - १४:३७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij