Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पढ्दै कमाउँदै विद्यार्थी

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पढ्दै कमाउँदै विद्यार्थी


  • 2.7K
    Shares

    गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पढ्दै कमाउँदै विद्यार्थी
    images

    गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित बारपाक बहुप्राविधिक विद्यालय अध्ययनरत विद्यार्थीहरुले पढ्दै राम्रो आम्दानी समेत गर्न थालेका छन् । शिक्षालयमा पढ्ने विद्यार्थीहरुलाई उत्पादनसंग जोड्न गाउँपालिकाले ‘सिक, कमाउ र तिर कार्यक्रम’ लागू गरेपछि कृषि उत्पादन गरी बिक्रि बितरण गरेर विद्यार्थीहरुले राम्रो आम्दानी गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चायले जानकारी दिए ।

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिष्दको आंगिक शिक्षालयको रुपमा वडा नम्बर ४ स्थित सौरपानीमा रहेको प्राबिधिक शिक्षालयमा कृषि वाली विज्ञानमा अध्ययनरत विद्याथीहरुले आलु, प्याज, टमाटर, तरकारी, च्याउ खेती लगायत फलफुल खेती गरेर उत्पादन बिक्री गरी आर्थिक आयआर्जन गर्न थालेको उनले बताए ।

    ‘शिक्षालयमा अहिले डिप्पोमा तहका कृषि वाली विज्ञान र पशु विज्ञान कार्यक्रम अन्तरगत पढाई हुँदै आएको छ, प्रमुख प्रशासकिय अधिकृत आचार्यले भने, ‘हाल शिक्षालयमा १ सय २४ जना विद्यार्थीहरु अध्ययनरत छन्, उनिहरुले पढदै कमाउदै गर्न थालेका छन् ।’ बोलेर भन्दापनि गरेर खान सिकाउने उद्देस्यले शिक्षालयमा सिक, कमाउ र तिर कार्यक्रम गाउँपलिकाले चालु आर्थिक बर्षबाट लागू गरेको उहाँको भनाई छ । गएको मंसिर महिनादेखि शिक्षालयमा सिक, कमाउ र तिर कार्यक्रम लागू भएको प्रमुख प्रशासकिय अधिकृत आर्चायले जानकारी दिए । ‘

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन इकाई गोरखा र शिक्षालयको साझेदारीमा शिक्षालय अन्र्तगत दुई सेमी हाइटेक टनेल निर्माण गरिएको छ, उनले भने, ‘अहिले दुई सेमी टनेल मध्ये एउटामा गोलभेडा उत्पादन भइरहेको छ भने अर्कोमा तने बोडी उत्पादन गरी बिक्री गर्न समेत थालिएको छ ।’

    शिक्षालयमा विद्यार्थीहरु आफैले पनि सामान्य खालका टनेल निर्माण गरी फागुनको अन्तिमा सातादेखि नै काक्रो, लौका, फर्सी, घिरौला, करेला लगायतका तरकारी खेती गरेर तरकारी उत्पादन गरी बिक्री गरेको बताए

    ‘विद्यार्थीहरु आफैले च्याउको घर समेत निर्माण गरी च्याउ उत्पादन गर्दै आएका छन्, प्रमुख प्रशासकिय अधिकृत आर्चायले भने, ‘त्यसबाहेक मासु उत्पादनका लागि कुखुरा पालन व्यवसाय गरेर अहिलेसम्म करिव १५ सय किलो मासु बिक्री गरेका छन्, यसबाट पनि राम्रो आम्दानी भइरहेको छ ।’

    कार्यक्रम अन्र्तगत नै गाउँपालिकाले भाडामा उपलब्ध गराएको करिव २३ रोपनी जमिनमा विद्यार्थीहरुले धानखेती गर्ने तयारी गरिरहेको उनले बताए। ‘राष्ट्रिय धान दिवसको अबसरमा १३ रोपनी जग्गामा एकैदिन रोपाइँ गरिसकिएको छ, प्रमुख प्रशासकिय अधिकृत आर्चायले भने, ‘बाँकी रहेका जमिनमा पनि छिट्टै रोपाईँ गर्ने तयारी विद्यार्थीहरुले गरिरहेका छन् ।’ भेटरीनरी क्लिनिकबाट प्रशिक्षार्थीहरुले गाउँपालिका भित्रका विरामी पशुपन्छीको उपचार गरेर समेत आम्दानी गर्ने गरेको उनले बताए ।

    गाउँपालिकाले यही साउनदेखि लागू हुनेगरी १० बर्षका लागि २३ रोपनी खेतीयोग्य जमिन शिक्षालयलाई भाडामा उपलब्ध गराएको हो । ‘त्यसवाहेक भैसी गोठ निर्माण तथा कृषि फिल्डमा तारवार लगाउन गाउँपालिकाले आगामी आर्थिक बर्षमा सहयोग गर्ने प्रतिबद्धता गरेका छौ, उनले भने, ‘उत्पादनबाट हुने आम्दानीको ८० प्रतिसत विद्यार्थीहरु र २० प्रतिसत शिक्षालयले लिने गरेका छन् ।’

    गाउँपालिकाले शिक्षालयमा आगामी आर्थिक बर्ष २०८०/८१ मा माछापालन गर्ने, खोर निर्माण गरी बाख्रा तथा भेडा पालन सुरु गर्ने, भैसीको गोठ निर्माण गरी गाईभैसी पालन गरी दुग्ध उद्योग सुरु गर्ने योजना बनाएको उनले बताए । आगामी आर्थिक बर्षमा शिक्षालयमा प्रशिक्षणरत प्रशिक्षार्र्थीहरुले करिव १० लाख रुपैयाको आयआर्जनको गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

    शिक्षालयमा लेयर्स जातको कुखुराको पालन गरी अण्डा उत्पादन, बुंगुरको खोर निर्माण गरी बंगुर पालन, च्याउको आधुनीक घर निर्माण गरी बाह्रै महिना च्याउ उत्पादन, नर्सरीबाट विभिन्न फलफुल, तरकारी तथा डाले घाँसका बिरुवाहरु उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य पनि रहेको रहेको प्रमुख प्रशासकिय अधिकृत आर्चायले जानकारी दिए ।

     

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - १४:०४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij