Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

यौन सम्पर्कबाट सर्न यी चार खतरनाक रोग

यौन सम्पर्कबाट सर्न यी चार खतरनाक रोग


  • 9.4K
    Shares

    यौन सम्पर्कबाट सर्न यी चार खतरनाक रोग

    संसारमा धेरै नयाँ–नयाँ रोग तथा संक्रमणहरु भित्रिरहेका छन् । जसका कारण धेरै मासिनहरु प्रभावित बन्दै रोगको शिकार हुन पुगेका छन् ।

    यस्तै विभिन्न प्रकारका नयाँ रोगहरुमा यौनका माध्यमबाट भित्रने चारवटा नयाँ रोगहरु समेत रहेका छन् । यौनका माध्यमबाट संक्रमण हुने र बिस्तारै यसले रोगको रुप लिने गर्दछ ।

    यसरी रोग सार्नेमा ब्याक्टेरीयाहरु रहने गर्दछन् । हामी यस्तै चार ब्याक्टेरियाबारे जानकारी दिदैछौँ । जसले मानिसको स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँन सक्छ ।

    नाइसेरिया मेनिन्जाइटिस :

    नाइसेरिया मेनिन्जाइटिसले दिमाग र मेरुदण्डको हड्डीमा संक्रमण पार्ने गर्दछ । यो ब्याक्टेरिया चिम्पान्जीको नाक र गला हुँदै यौनाङ्गसम्म पुगेको थियो ।

    जसलाई युथरल संक्रमण भनिन्छ । नाइसेरिया मेनिन्जाइटिस ब्याक्टेरिया मानिसको घाँटी वा नाकको बाटो हुँदै शरिरभित्र प्रवेश गर्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा मुख मैथुन र अन्य प्रकारको सम्पर्कबाट हुनसक्छ ।

    माइकोप्लाजमा जेनिटेलियम :

    संसारको सबैभन्दा सुक्ष्म ब्याक्टेरियामध्ये एक मानिने माइक्रोप्लाजमा जेनिटेलियम यौनजन्य संक्रमणका लागि खतरनाक बन्दै गएको छ ।

    विशेषगरी यो संक्रमण युवा र वयस्कमा तीव्र रुपमा फैलिरहेको छ । यो ब्याक्टेरियाका कारण बाँझोपन, गर्भपतन, समय अगावै प्रसव हुने र भ्रूणको मृत्युसम्म हुनसक्छ । यो संक्रमणबाट बच्न कन्डमको प्रयोग अनिवार्य छ ।

    शिगेला फ्लेक्जेनरी :

    शिगेला फ्लेक्जेनरीलाई शिग्लोसिसको नामले पनि चिनिन्छ । यो ब्याक्टेरिया मानिसको दिसाको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आउँदा फैलने गर्दछ ।

    यो संक्रमण मुख मैथुन र मलद्वारमा यौनसम्पर्क गर्दा फैलने गर्दछ । यसको संक्रमणपछि अत्यधिक पेट दुख्ने र झाडापखाला लगायतका समस्याहरु देखापर्ने गर्दछन् ।

    लिन्फोंग्रानुलोमा वेनेरेउम :

    क्लेमाइडिया ट्रेकोमाटिस नामको ब्याक्टेरियाका कारण पैदा हुने यो रोग भयानक मानिन्छ । एलजीवीको संक्रमणका यौनाङ्गमा समस्या हुने गर्दछ ।

    यसले मलाशयमा समेत गम्भीर रोग निम्त्याउने गर्दछ । विशेषगरी यो रोग बाइ सेक्सुअल र समलिङ्गीमा हुने देखिएको छ ।

     

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - १३:१८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij