Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रधानमन्त्रीको राजीनामाबाट पछि हट्यो एमाले, प्रतिनिधि सभाको बैठक चल्ने

प्रधानमन्त्रीको राजीनामाबाट पछि हट्यो एमाले, प्रतिनिधि सभाको बैठक चल्ने


  • 2.5K
    Shares

    प्रधानमन्त्रीको राजीनामाबाट पछि हट्यो एमाले, प्रतिनिधि सभाको बैठक चल्ने

    काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । शीर्ष नेताहरूको बैठकपछि बुधवार देखी जारी प्रतिनिधि सभाको अवरोध आजदेखि हट्ने भएको छ। 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा सङ्घीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    गत बुधवार देखी प्रमुख प्रतिपक्षी नेकपा(एमाले)लगायतका दलले सङ्घीय सांसदका दुवै सदनको बैठक अवरोध गर्दै आएका छन्। सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग सम्वाद गर्न आज बिहान सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले आग्रह गरेका थिए । 

     सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थिए। 

    यसअघि प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अपराह्न ३ बजेका लागि सारेका थिए।

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - १३:२७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij