२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । बर्दियाको मधुबन नगरपालिका-३ धनौरा बस्ने २२ वर्षीय जीवनराज गुरुङको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने दिल्ली कुमारी रेउलेको खेतमा विद्युतीय मोटर पम्पबाट पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै जिल्ला अस्पताल गुलरियामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यता कपिलवस्तुको बुद्धभूमि नगरपालिका-७ प्युसनगर बस्ने ४० वर्षीय गयराम लोनीयाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।
जस्ता पाताले आफ्नो घरको छाना छाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय दीप शिखा मेडिकल ईमिलीया हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij