Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विभूति स्कुलले जीपीए फोर ल्याउने विद्यार्थीलाई दियो ५०/५० हजार पुरस्कार

विभूति स्कुलले जीपीए फोर ल्याउने विद्यार्थीलाई दियो ५०/५० हजार पुरस्कार


  • 8.1K
    Shares

    विभूति स्कुलले जीपीए फोर ल्याउने विद्यार्थीलाई दियो ५०/५० हजार पुरस्कार

    काठमाडौं । काठमाडौंस्थित ढुंगेधारामा सञ्चालित विभूति विद्या मन्दिरले एसईई परीक्षामा जीपीए फोर ल्याउने दुई विद्यार्थीलाई जनही ५०/५० हजार पुरस्कार दिएको छ । शुक्रबार विद्यालय परिसरमै एक विशेष कार्यक्रमको आयोजना गरि सो पुरस्कार हस्तान्तरण गरिएको हो । विभूति विद्या मन्दिरबाट ३५ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा मनिष चौधरी र मुक्ति जीसीले जीपीए फोर ल्याएका थिए । उनीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले सो पुरस्कार प्रदान गरेका थिए ।

    विद्यालयको यो सफलताप्रति विद्यालयका प्रधानाध्यापक राजेश्वर श्रेष्ठ खुशी व्यक्त गर्छन् । उनले दुई जना विद्यार्थीले जीपीए फोर ल्याउँदा अन्य १५ जना विद्यार्थीले ए प्लस, १३ जनाले ए र ५ जनाले बी प्लसको नतिजा हासिल गर्नु आफैमा सुखद् रहेको बताए । जसमा विद्यार्थीहरुको कडा मेहनत, शिक्षकशिक्षिकाहरुको लगाव र विद्यालयले तयार पारेको वातावरण प्रमुख पक्ष रहेको उनको भनाइ थियो ।

    Vibhuti-2-1536x905.jpg

    उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी मनिष चौधरीले आफूले राम्रो नतिजा ल्याउनुमा विद्यालयको ठूलो हात रहेको बताए । अनुशासित वातावरणमा शिक्षकहरुले प्रत्येक विद्यार्थीको इन्डिभिजुअल केयर गरेकै कारण यो सफलता प्राप्त भएको बताए । त्यस्तै, मुक्ति जीसीले विभूति विद्या मन्दिरको जस्तो वातावरण धेरै पैसा खर्च गरेर र ठूलोठूलो विद्यालय भवनमा गएर नपाइने बताए ।

    विद्यालयले प्राप्त यो सफलताप्रति अभिभावक, शिक्षकशिक्षिका, विद्यार्थी तथा विद्यालय सञ्चालक परिवारप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझै राम्रो नतिजा ल्याउन बढी मिहिनत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - १६:३५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij