२०८२ भाद्र २ गते सोमवार
कास्की। गण्डकी प्रदेश, प्रदेशसभाको शुक्रबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ। चालु आर्थिक वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाखले घटाउँदै सरकारले असार १ गते ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८.१ प्रतिशत र पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार अर्थात् ६०.४ प्रतिशत ल्याइएको थियो ।
बैठकमा सांसदले बजेटमाथि छलफलमा भाग लिएका थिए। सरकारले ल्याएको गण्डकीको आगामी वर्षको बजेटमा आर्थिक वर्ष २०७५/७६ देखिका क्रमागत योजनालाई निरन्तरता दिइएको छ । बजेटमा भौतिक पूर्वाधार मन्त्रालयका (सडक) योजना ३० लाखभन्दा तल र खानेपानी तथा सिँचाइमा १० लाखभन्दा साना योजना भने समेटिएको थिएन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij