Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

अभिनेता सारुक ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

अभिनेता सारुक ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि


  • 3.0K
    Shares

    अभिनेता सारुक ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि
    images



    काठमाडौं । अभिनेता सारुक ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सारुकको पार्थिव शरीरमा बुबा सानु ताम्राकारले दागबत्ती दिए । अन्तिम श्रद्धाञ्जली दिन शुक्रबार अपरान्ह आर्यघाटमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो ।

    सारुकसँग ‘इन्टु मिन्टु लण्डन’मा सहकार्य गरेका को(स्टार धीरज मगरदेखि पाका अभिनेता शिव श्रेष्ठसम्मको उपस्थिति त्यहाँ थियो । सारुकको शवलाई त्यहाँ लैजाँदा आर्यघाटको माहोल स्तब्ध र भावुक बनेको थियो । कतिपय कलाकारले अभिनेताको सम्झनामा आँसु बगाए ।

    बिहीबार बेलुका अभिनेता ताम्राकार काठमाडौंको रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरीले प्रारम्भिक अवस्थामा उनको मृत्यु आत्महत्याबाट भएको बता एपनि थप अनुसन्धान हुने जनाएको छ । उनको मृत्युको खबर सार्वजनिक भएपछि फिल्म क्षेत्र स्तब्ध बनेको छ ।

    सेलिब्रिटीदेखि सर्वसाधारण सम्मले सारुकको मृत्युमा श्रद्धासुमन व्यक्त गरिरहेका छन् । रानी, मेरी मामु, इन्टुमिन्टु लण्डनमा लगायत फिल्ममा अभिनय गरेका सारुक पछिल्लो समय ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए ।

    3.JPG

    1.JPG

    2.JPG

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - १५:५०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij