Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

भारतले पनि बनाउने भयो नेपालको जस्तै पशुपतिनाथ मन्दिर

भारतले पनि बनाउने भयो नेपालको जस्तै पशुपतिनाथ मन्दिर


  • 4.6K
    Shares

    भारतले  पनि बनाउने भयो  नेपालको  जस्तै पशुपतिनाथ मन्दिर
    images

    काठमाडौँ । भारतमा नेपालको जस्तै स्वरूपको पशुपतिनाथ मन्दिर बन्नेभएको छ । भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको पुर्ख्यौली गाउँ उत्तराखण्डको सैनमा सो मन्दिर निर्माण हुने भएको हो । यसका लागि नेपालका पशुपति विकास कोषले शालिग्रामबाट बनेको शिवलिङ्ग उपहार दिने भएको छ ।

    सैन गाउँलाई गोद लिएको एक संस्थाका प्रमुख निवरुत्ती यादव नेपाल आएर पशुपति क्षेत्र विकास कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर उत्तराखण्डको सैन गाउँमा पशुपतिनाथको मन्दिर निर्माण गर्न लागेको बारेमा जानकारी गराएको स्रोतले जनाएको छ ।

    उनले अघिल्लो साता कोषका अधिकारीसँग पनि यस विषयमा छलफल गरेको बताइएको छ । पशुपति मन्दिरका लागि नेपालले नन्दीको मूर्ति, त्रिशूल र एक घण्टीसमेत उपहार  दिएको प्रमुख यादवले बताइन् । सो मन्दिरको  निर्माण महाराष्ट्रमा सञ्चालित गैर -सरकारी सङ्गठन हरिवंश राय बच्चन प्रबोधन प्रतिष्ठानले गर्न लागेको हो ।

    उत्तराखण्डको सैन गाउँमा बन्ने सो मन्दिर नेपालको पशुपति मन्दिर जस्तै हुनेछ । तर मन्दिरको आकार भने  सानो हुने प्रमुख यादवले बताइन् । तर,पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले आफूलाई यस विषयमा जानकारी नरहेको बताए 

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - १५:३७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij