Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो, कति कित्ताका लागि दिन सकिन्छ आवेदन?

आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो, कति कित्ताका लागि दिन सकिन्छ आवेदन?


  • 2.4K
    Shares

    आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो, कति कित्ताका लागि दिन सकिन्छ आवेदन?

    सर्वसाधारण लगानीकर्ताहरूका लागि आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ आज (बिहीबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। 

    यसअघि कम्पनीले असार २० गतेदेखि आइपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण देखाउँदै असार २१ गतेबाट आवेदन खुला गरेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रिमियम मूल्यमा आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो।

    कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आइपिओ बिक्रीमा ल्याएको हो। 

    सोमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिसकेको छ। यस्तै, निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। 

    बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

    उक्त आइपिओमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण कित्ता सेयर बिक्री नभएमा बिक्री अवधि साउन ४ गतेसम्म लम्बिनेछ। 

    प्रकाशित मिति :आषाढ २१ २०८० बिहिवार - १०:०३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij