२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । नेपाली काँग्रेसले लामो समयपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरु हुने गरी केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्। बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेका हुन्।
काँग्रेसले गत वर्ष साउनमा केन्द्रीय समिति बैठक राखेको थियो। विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ।
काँग्रेसका एक पदाधिकारीका अनुसार असार २७ देखि केन्द्रीय समिति बैठक बोलाइएको छ। साथै जिल्ला सभापति बैठकलगायत विभिन्न विषयमा पनि आजको बैठकमा नेताहरूबीच छलफल भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij