Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंकहरुमा लगानीयोग्य पुँजीको थुप्रो, कर्जाको माग बढ्नै सकेन

बैंकहरुमा लगानीयोग्य पुँजीको थुप्रो, कर्जाको माग बढ्नै सकेन


  • 2.1K
    Shares

    बैंकहरुमा लगानीयोग्य पुँजीको थुप्रो, कर्जाको माग बढ्नै सकेन

    काठमाडौं । बैंकहरुमा लगानीयोग्य पुँजी थुप्रिदै गएको छ । पछिल्लो समय कर्जाको माग नबढ्दा पछिल्लो समय बैंकहरुमा लगानी योग्य पुँजी थुप्रीदै गएको हो ।

    आर्थिक मन्दीका कारण अझै पनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । फलस्वरुप बैंकहरुमा लगानीयोग्य रकम अस्वभाविक रुपमा थुिप्रदै गएको हो । हाल बैकहरुमा ३ खर्ब ७० करोड बढी रुपैयाँ बराबरको लगानीयोग्य पुँजी थुप्रीएको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आइतबारसम्म बाणिज्य, विकास र वित्त कम्पनीमा ५६ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । तर, कर्जा प्रवाह भने ४८ खर्ब ६२ अर्ब रुपैयाँ मात्रै छ ।

    बैंकहरुले कर्जा कुल निक्षेपको ९० प्रतिशतसम्म (सीडी रेसियो) ऋण लगानी गर्न पाउछन् । तर, अहिले सीडी रेसियो ८३.४७ प्रतिशत (ऋणपत्र समेत जोड्दा) मात्रै छन् । त्यो अनुसार बैंकहरुले साढे ३ खर्ब माथि लगानी गर्ने अवस्थामा पुगेका छन् । 

    केही महिनाअघिसम्म तरलता अभाव झेलिरहेका बैंकहरुले अहिले कर्जा प्रवाह नभएर समस्यामा परेका छैन । मुख्यत: कर्जा आर्थिक संकटका कारण बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । त्यसले गर्दा बैंकहरुमा तरलता बढ्दै गएको हो ।

    राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेप ४९ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुमा एकैदिन ६ अर्ब रुपैयाँले निक्षेप बढेको हो । तर, बैंकहरुको कर्जा प्रवाह भने ४३ खर्ब ४ अर्ब रुपैयाँ मात्रै छ । 

    केहीसमय अघि कर्जाको माग भएतापनि तरलता अभावका कारण बैंकहरुले ऋण प्रवाह गर्न सकेका थिएनन् । अहिले बैंकहरुमा तरलता (लगानीयोग्य पुँजी) बढ्दै गएको छ । तर, कर्जाको माग भने निकै कम रहेको छ ।

    पछिल्लो समय देखिएको आर्थिक संकटका कारण कर्जाको माग नभएको हो । अहिले बजारमा बस्तु तथा सेवाको माग घटेको छ । उपभोक्ताहरुको क्रय शक्ति पनि घटेको छ । घरजग्गा व्यवसाय पनि उत्साहजनक छैन । त्यसमाथि बैंक कर्जाको ब्याजदर पनि उच्च छ । यो अवस्थामा बैंकबाट महंगो दरमा ऋण लिए व्यवसाय गर्ने, घरजग्गा खरिदबिक्री गर्न सक्ने अवस्था पनि छैन । सोही कारण बैंकहरुमा कर्जाको माग नभएको हो ।

    सीडी रेसियो घट्दै

    कर्जाको माग नभएपछि बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि निरन्तर घट्दै गएको छ । गत साउनमा ८८.०७ प्रतिशत रहेको सीडी रेसियो अहिले ८३.४७ प्रतिशतमा झरेको छ ।

    यस तथ्यांकअनुसार बैंकहरु कर्जा प्रवाह गर्ने मामिलामा सहज अवस्थामा देखिन्छन् । बैंकहरुले सीडी रेसीयो ९० प्रतिशतसम्म कायम गर्ने गरि कर्जा प्रवाह गर्न पाउछन् । तर, अहिले बैंकहरुको सीडी रेसियो ८५ प्रतिशत भन्दा पनि कम छ । यसले बैंकहरु कर्जा प्रवाह गर्ने मामलामा सहज अवस्थामा रहेको पुष्टी हुन्छ ।

    अन्तर बैंक ब्याजदर पनि ३.४२ प्रतिशत तल

    बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात् अन्तर सापाटीको ब्याजदर पनि घट्दो क्रममा छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि घट्दै गएको हो ।

    राष्ट्र बैंकका अनुसार अन्तर बैंक ब्याजदर ३.४२ प्रतिशत कायम भएको छ । विशेषगरि बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर घटेको हो ।

    बैंकहरुमा तरलता अभाव हुदाँ निक्षेप, कर्जाको ब्याजदर पनि उच्च थियो । त्यसबेला बैंकहरुले एक अर्कामा सापटी लिने पैसाको व्याजदर अर्थात् अन्तर बैंक ब्याजदर पनि बढेको थियो । गत फागनुमा यस्तो ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो । तर, पछिल्लो सयम यस्तो ब्याजदर २ प्रतिशत सम्म आइपुगेको थियो ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - १७:०१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij