Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो निवेदन 

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो निवेदन 


  • 2.4K
    Shares

    नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो निवेदन 

    काठमाडौँ । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । 

    कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १७ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नबिल डिबेञ्चर २०८७ नामक ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । 

    ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । 

     

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - १४:५०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij