२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौँ । अभिनेत्री शिल्पा मास्के अभिनित फिल्म ‘परस्त्री’ प्रदर्शन भइरहेको छ। फिल्मले ठीकै प्रतिक्रिया पाए पनि शिल्पाको कामको भने प्रशंसा भइहरेको छ। शिल्पा अभिनयको नयाँ यात्रामा निस्कने भएकी छिन्।
शिल्पा बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा देखिने छिन्। घिमिरे युवराजको निर्देशनमा मञ्चन तयारीमा रहेको कुमार नगरकोटीको नाटक ‘ट्रान्जिट’बाट थिएटर यात्रा सुरु गर्ने भएकी छिन्।
हेमराज बिसीले निर्देशन गरेको फिल्म ‘ब्रेकअप’बाट नेपाली फिल्ममा डेब्यू गरेकी शिल्पाले हलिउड केही प्रोजेक्टहरुमा पनि काम गरिन्। शिल्पाले ‘परस्त्री’, फुलबारी ‘कागजपत्र’ तथा ‘कठपुतली’मा अभिनय गरेकी छिन्।
नाटक ‘ट्रान्जिट’मा शिल्पाका साथमा दिव्य देव, आकांक्षा कार्की, वासना तिमिल्सना शीर्ष भूमिकामा देखिनेछन्। नाटक आउँदो साउन ५ गतेदेखि भदौ २ गतेसम्म नियमित मञ्चन हुनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij