Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

थ्रीस्टार हाइड्रोपावरको आइपिओ बाँडफाँट, ६१ हजार ३१६ जनाले पाए १० कित्ताका दरले सेयर

थ्रीस्टार हाइड्रोपावरको आइपिओ बाँडफाँट, ६१ हजार ३१६ जनाले पाए १० कित्ताका दरले सेयर


  • 3.0K
    Shares

    थ्रीस्टार हाइड्रोपावरको आइपिओ बाँडफाँट, ६१ हजार ३१६ जनाले पाए १० कित्ताका दरले सेयर

    काठमाडौँ । थ्रीस्टार हाइड्रोपावरको आइपिओ बाँडफाँट गरिएको छ । आज भएको बाँडफाँटमा कुल ६१ हजार ३१६ जनामध्ये २ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले सेयर हात पारेका छन् । 

    कम्पनीको उक्त आइपिओमा कुल १० लाख २४ हजार ४६ जनाले आवेदन परेकोमा २ हजार ८४८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी गराएको छ ।

    कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । कम्पनीले यसअघि ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन आयोजना प्रभावित स्थानीयलाई बाँडफाँट गरेको थियो ।

    साथै, कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्टाइएको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - १०:३१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij