Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

मेगा क्यापिटल एनआईबिएल एस क्यापिटलमा गाभियो, एकीकृत कारोबार सुरु

मेगा क्यापिटल एनआईबिएल एस क्यापिटलमा गाभियो, एकीकृत कारोबार सुरु


  • 2.1K
    Shares

    • images
    मेगा क्यापिटल एनआईबिएल एस क्यापिटलमा गाभियो, एकीकृत कारोबार सुरु
    images

    काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेड र मेगा क्यापिटल गाभिने भएको छ। ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ का रुपमा एकीकृत व्यवसाय तथा कारोबार सञ्चालन सुरु गरेको छ । यस सम्बन्धमा दुवै संस्थाहरुकोे जेठ २९ गते सम्पन्न विशेष साधारण सभाले प्रस्ताव पारित गरेको थियो । 

    प्राप्ति पश्चात् कम्पनीको चुक्ता पुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरू र ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिस्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ । 

    प्राप्ति (एक्विजिसन) पश्चात् साबिकको एनआईबिएल एस क्यापिटल लिमिटेडको नाम समेत एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ मा स्वीकृति प्राप्त भइसकेकोे छ । साबिकका दुवै संस्थाहरूको मिति असार १२ मा बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् परिवर्तित नाम “एनआइएमबि एस क्यापिटल लिमिटेड” अनुसार कारोबार सुरु भएको छ ।

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - १४:४२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij