Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर, नि: शुल्क फण्ड ट्रान्सफर र डेबिट कार्ड जारी

एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर, नि: शुल्क फण्ड ट्रान्सफर र डेबिट कार्ड जारी


  • 2.1K
    Shares

    एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर, नि: शुल्क फण्ड ट्रान्सफर र डेबिट कार्ड जारी

    काठमाडौँ ।  एनएमबि बैंक लिमिटेडले दुई नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उध्ेश्यले दुई आकर्षक अफरहरू सार्वजनिक गरेको हो । टान्र्सफर

    अफरमा ग्राहकहरुले इ एनएमबि एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्स्फर गर्न सक्ने बैंकले जनाएको छ । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनउने विश्वास बैंकले लिएको छ । सो अफर श्रावण मसान्तसम्म मात्र लागु हुने बैंकले जनाएको छ । 

    साथै बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।  

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - ११:२४:११ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij