२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । एनसीएचएल र सिद्धार्थ क्यापिटलबीच भएको सम्झौताअनुसार लगानीकर्ताले सिद्धार्थ एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक रुपमा लगानी गर्ने रकम एकपटक अनलाइन ई–म्यानडेट गरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सकिने भएको छ।
क्यापिटलको खुलामुखी योजना ‘सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम अन्तर्गत सिद्धार्थ एसआईपीमा मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ। लगानीको बानी विकास गर्ने गरी, स–सानो रकमको लगानी समेतमा कम्पाउन्डिङ रिटर्नको लाभ लिन मिल्ने गरी सिद्धार्थ एसआईपीमा लगानी गर्न सकिन्छ।
आफूले चाहेअनुसार लगानी रकम र समयावधि थपघट गर्न सकिने हुँदा सिद्धार्थ एसआईपीमार्फत लगानी गर्नेहरुको संख्या उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ। सिद्धार्थ एसआईपसम्बन्धी थप जानकारी www.siddharthacapital.com मा हेर्न सकिन्छ।
ई–म्यानडेटको प्रयोगले सिद्धार्थ एसआईपीमा आबद्ध हुने ग्राहकलाई मासिक वा त्रैमासिक रकम भुक्तानी समय सम्झिने झन्झटबाट मुक्त गर्ने अपेक्षा गरिएको छ।
एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल पेमेन्ट स्विचअन्तर्गत डाइरेक्ट डेबिट भुक्तानी उपकरणको ई–म्यानडेटमार्फत कुनै पनि किसिमको सेड्युल पेमेन्टलाई एक पटकको सेटअपका आधारमा अटोमेट गर्न सकिन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij