२०८२ भाद्र ३ गते मंगलवार
साउदी अरबमा बिरामीको शल्यक्रिया गर्न गएका एक डाक्टरको अपरेसन कक्षभित्रै मृत्यु भएको छ ।
बीबीसीका अनुसार शुक्रबार खामित मुसाइत सिभिल हस्पिटलमा हाडजोर्नीसम्बन्धी शल्यक्रियाको लागि तयारी गरिरहेकै बेला डाक्टर महदी अल एमारीको हृदयघातका कारण मृत्यु भएको हो ।
शल्यक्रिया गर्ने तयारी गर्दै गर्दा सहयोगीहरुले उनी अस्वस्थ रहेको देखेका थिए । स्वास्थ्य परीक्षण गर्दा उनीमा मुटुको समस्या देखिएको थियो ।
त्यसपछि उनले आफ्नो स्वास्थ्य परीक्षण गर्न अस्वीकार गर्दै बिरामीको अपरेसन गर्ने अडान राखेका थिए । तर, उनको स्वास्थ्य परीक्षण गरी इलेक्ट्रोडायग्राम गर्दा उनलाई हृदयाघात भएको पाइएको अस्पतालले बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij