Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मुक्तिनाथ विकास बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

मुक्तिनाथ विकास बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा


  • 2.4K
    Shares

    मुक्तिनाथ विकास बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
    images

    काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ५ लाख कित्ता संस्थापक शेयर आज असार १५ गतेदखि बिक्री गर्ने भएको हो । 

    बैंकका केही संस्थापक शेयरधनीहरुले आफुले धारण गरेको शेयर विक्री गर्न इच्छुक रही संचालक समिति समक्ष निवेदन पेश गरेकाले कम्पनीले संस्थापक शेयर बिक्री गर्नका लागि ३५ दिने बैंकले सुचना जारी गरेको हो ।

    कम्पनीले शेयरको मूल्य भने तोकेको छैन् । खरीदकर्ता आफैले के कति दरमा खरीद गर्ने हो समेत खुलाएर आवेदन दिनुपर्नेछ ।

    उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आफुले खरिद गर्न चाहेको शेयर कित्ता र प्रति शेयर मुल्य खुलाई सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । 

    उक्त समयमा पनि कुनै निवेदन पेश नभएमा बैंकले उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जनाएको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता रू.२३७ रहेको छ ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - १५:४८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij