२०८२ कार्तिक २९ गते शनिवार
दमौली । तनहुँको व्यास नगरपालिका द्वारा आयोजित ३९ औं नगरसभामा नगर उप-प्रमुख इन्दिरा दरैले आ.व २०८०/८१ का लागि १ अरब ५९ करोड ३१ लाख १ हजारको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेकी हुन्।स्वीकृतिका लागि प्रस्ताव पेस गरेकोमा नगरसभाले सर्वसम्मत पारित गरेको थियो ।
नगर सभामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले २३२ बुदाँको नीति कार्यक्रम पेश गर्दै व्यास नगरपालिकाले पुर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवस्थित बसोबास र भुमि व्यवस्थापन, वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुँद, सुचना तथा सन्चार, आदिवासी जनजाती, दलित उत्थान, अपाङ्गता, जेष्ठ नागरिक, सुरक्षित बैदेशिक रोजगारी र सुशासन तथा दक्षजनशक्तिलाई उपयोग जस्ता कुरा हरुलाई प्राथमिकता दिइएको बताए।
पूर्णपाठ :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij