Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मुक्तिनाथ विकास बैंकद्वारा मधेश प्रदेशका विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण

मुक्तिनाथ विकास बैंकद्वारा मधेश प्रदेशका विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण


  • 2.5K
    Shares

    मुक्तिनाथ विकास बैंकद्वारा मधेश प्रदेशका विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण

    काठमाडौँ । सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै मुक्तिनाथ विकास बैंक लिमिटेडले मधेश प्रदेशमा यस महिनामा विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको छ ।  

    बैंकले मधेश प्रदेश स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्र-निगाहपूर अस्पताल, गजेन्द्र-ना.सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरुको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको छ । 

    बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्र तर्फ आफ्नो सामाजिक प्रयास अघि गर्दै, उक्त अस्पतालमा आउनुहुने बिरामीहरुलाई केही राहत पुग्ने बैंकको धारणा छ । यस सहयोगहरुबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

    साथै, बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना अन्तर्गत रु २ करोड सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण-खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव व्याजदरमा कर्जा प्रदान गर्दै आईरहेको छ र इच्छुक ग्राहकहरुले मोबाईल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सकिने बैंकले जनाएको छ । 

     

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - १३:११:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij