Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

डिशहोममा प्रेम गीत-३ को विशेष प्रदर्शन हुँदै

डिशहोममा प्रेम गीत-३ को विशेष प्रदर्शन हुँदै


  • 2.5K
    Shares

    डिशहोममा प्रेम गीत-३ को विशेष प्रदर्शन हुँदै
    images

    काठमाडौँ  । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा विशेष प्रर्दशन हुने भएको छ । 

    विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नेछन् ।

    “प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं.१०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । 

    यस्तै, डिशहोमको एक्सभिडियोमा पनि यो चलचित्र उपलव्ध हुनेछ। एक्सभिडियोमा यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ। एक्सभिडियो डिशहोमको सेटटप वक्समा उपलव्ध रहेका फिचर हो । यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप वक्समा वाइफाइ डोङले वा लन केबल जोडेर इन्टरनेट जोड्नुपर्ने हुन्छ ।

    डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - १७:२१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij