Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्र बैंकका गभर्नर अधिकारीको बीआईएसको ९३ औं वार्षिक बैठकमा सहभागि

राष्ट्र बैंकका गभर्नर अधिकारीको बीआईएसको ९३ औं वार्षिक बैठकमा सहभागि


  • 2.3K
    Shares

    राष्ट्र बैंकका गभर्नर अधिकारीको बीआईएसको ९३ औं वार्षिक बैठकमा सहभागि

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्विटजरल्याण्डको बासेलमा आयोजित द बैंक फर इन्टरनेशनल सेटलमेन्ट बीआईएसको ९३ औं वार्षिक साधारणसभामा सहभागी भएका छन् । बैठकमा बीआईएसका सदस्य राष्ट्र विश्वका विभिन्न केन्द्रिय बैंक तथा मौद्रिक अधिकारीका प्रतिनिधिको सहभागीता रहेको थियो ।

    बैठकमा क्रममा गभर्नर अधिकारीले फाइनान्सियल स्टाब्लिटी इन्टिच्युटद्धारा असार ९ गते आयोजित पोलिसी एप्रोचेच फर एड्रेसिङ रिक्स पोज बाई क्रिप्टो असेष्ट एण्ड डिसेन्ट्रलाइज फाइनान्स विषयक अन्तरक्रियामा सहभागी भएका थिए । 

    त्यस क्रममा उनले क्रिप्टोकरेन्सीले ल्याउन सक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न नेपालले अवलम्बन गरेको नीतिगत व्यवस्थाका सम्बन्धमा जानकारी दिए । 

    बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्टेन्सले बीआईएसको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उच्च मुद्रास्फीति र वित्तीय स्थायित्वमा देखिएको चुनौतीका कारण विश्वभरका केन्द्रीय बैंकहरू दबाबमा रहेको चर्चा गरेका थिए ।

    यसैगरी असार १० गते आयोजित ओभर कमिङ क्रस बोर्डर पेमेन्ट च्यालेन्ज फर इमर्जीङ मार्केट एण्ड डेभलपमेन्ट इकोनोमी विषयक ‘सेन्ट्रल बैंक राउण्डटेबल’मा सहभागी भएका थिए । 

    बैठकमा गभर्नर अधिकारीले स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमीलअहमदसँग भेटवार्ता गरे । भेटका क्रममा उनीहरूबीच मूल्यस्थिति, वित्तीय स्थायित्व र बाह्य क्षेत्र व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

    बैठकको सिलसिलामा गभर्नर अधिकारीले ‘बीआईएस इनोभेसन हब’ को अवलोकन गर्दै हबमा राखिएका विभिन्न प्रोजेक्टबारे जानकारी लिएका थिए । 

    बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ । 

    सन् १९३० मा स्थापित यस संस्थामा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । यसको मुख्यालय स्विट्जरल्याण्डको बासेलमा रहेको छ ।

     

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - १७:०७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij