Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आजको मौसम : आज यी प्रदेशहरूमा भारी बर्षा र हावाहुरीको सम्भावना 

आजको मौसम : आज यी प्रदेशहरूमा भारी बर्षा र हावाहुरीको सम्भावना 


  • 3.8K
    Shares

    आजको मौसम  : आज यी प्रदेशहरूमा भारी बर्षा र हावाहुरीको सम्भावना 

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आँशिकदेखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक/दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    साथै यीनै प्रदेशहरूको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको  र  मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। 

    भारी वर्षा, मेघगर्जन र चट्याङ्ग र हावाहुरीका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

     

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - ०९:१६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij