Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

नागरिकता लिन भोकभोकै २५० मिटर लामो लाइनमा

नागरिकता लिन भोकभोकै २५० मिटर लामो लाइनमा


  • 2.0K
    Shares

    नागरिकता लिन भोकभोकै २५० मिटर लामो लाइनमा
    images

    मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङमा पछिल्ला दिनहरूमा नागरिकता लिनेहरूको लामो लाइन लाग्ने गरेको छ । जन्मसिद्ध नागरिकता पाएकाहरूका सन्तान मोरङमा अनुमानित ७० हजार जना छन् ।

    नागरिकता लिनको लागि बिहान साढे ३ बजेदेखि नै लाईनमा बसेको उनीहरूले बताए । जिल्ला प्रशासन कार्यालयको गेटबाट झन्डै २५० मिटर लामो लाइनमा उनीहरू बसेका छन् । 

    प्रशासन कार्यालय मोरङले भने  जन्मसिद्धका सन्तानका लागि नागरिकता वितरण गर्न छुट्टै कोठाको व्यवस्था गरेको छ । जिप्रका मोरङले हिजो मात्रै १२८ जना जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिएको थियो। आज सो सङ्ख्या बढ्न सक्ने कार्यालयले जनाएको छ ।

    वितरण गर्न नसकेका र लाइनमा बसेकाहरूलाई टोकन वितरण गरेर नागरिकता वितरण गरिने कार्यालयले जनाएको छ

    1.JPG

    2.JPG

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - १०:३६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij