Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

बोत्तल हान्ने युवकले गायक प्रकाश सपुतसँग मागे यसरी माफी

बोत्तल हान्ने युवकले गायक प्रकाश सपुतसँग मागे यसरी माफी


  • 3.7K
    Shares

    बोत्तल हान्ने युवकले गायक प्रकाश सपुतसँग मागे यसरी माफी
    images

    काठमाडौं । गायक प्रकाश सपुतमाथि बियरको बोतलले प्रहार गर्ने युवकले माफी मागेका छन् ।

    रोमानियामा भएको कार्यक्रममा गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोतल प्रहार गरेका थिए । बोटल उनको अनुहारमा लागेको थियो । घटनापछि आयोजकले प्रहरीमा उजुरी समेत गरेको थियो । तर गायक प्रकाश सपुत आफैंले बोतल प्रहार गर्ने युवकलाई बोलाएर माफी दिने बताएका थिए ।

    ‘प्रहरीमा बस्नु नपरोस्, नेपाल फर्किनु नपरोस्,’ आक्रमण गर्ने युवकलाई मदिरा सवेन गरेर यस्ता काम नगर्न आग्रह गर्दै उनले भनेका छन् । उनले आयोजकलाई पनि युवकलाई नेपालमा फर्काउने लगायतका कुनै पनि काम नगर्न आग्रह गरे । आयोजकले पनि उजुरी फिर्ता लिने बताएको छ ।

    बोटल प्रहार गर्ने युवकले पनि गायक सपुतलाई भेटेर माफी मागेका छन् । उनले हात जोडेर भनेका छन्, ‘रमाइलो गर्दा गर्दै गल्ती गरेँ । म माफी चाहन्छु ।’

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - १०:०८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij