Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा आशिष बुढाथोकी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा आशिष बुढाथोकी पक्राउ


  • 3.7K
    Shares

    नक्कली भुटानी शरणार्थी प्रकरणमा आशिष बुढाथोकी पक्राउ
    images

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको आरोपमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् ।

    बुढाथोकीलाई काठमाडौँको मण्डीखाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए । बुढाथोकी फरार मध्येका हुन् । शरणार्थी प्रकरणमा यसअघि १८ जना पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँको आदेशले दुईजना धरौटीमा रिहा भएका छन् ।

    फरार १२ जना मध्येका बुढाथोकीको खातामा शरणार्थीको नाममा ठगेको १० लाख रकम डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको एसएसपी कार्कीले जानकारी दिए ।

    नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जना केन्द्रीय कारागारमा थुनामा छन् ।

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १७:००:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij