Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बूढीगण्डकी जलविद्युत् आयोजना शिलान्यास असारभित्रै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

बूढीगण्डकी जलविद्युत् आयोजना शिलान्यास असारभित्रै हुन्छ : प्रधानमन्त्री प्रचण्ड


  • 3.4K
    Shares

    बूढीगण्डकी जलविद्युत् आयोजना शिलान्यास असारभित्रै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन्। 

    उक्त आयोजना निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक(पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले मोडालिटीका विषयमा सहमति भएकाले आवश्यक प्रक्रिया छिट्टै सुरु हुने बताए।  ‘हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु’, उनले अगाडि भने। 

    धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी निर्माण महत्वपूर्ण रहेको बताए। उनले आफ्नो पछिल्लो भारत भ्रमण ऐतिहासिक भएको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने लगायत अन्य भौतिक विकास निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण सहमति भएकाले दीर्घकालीन प्रभाव पार्ने बताए।

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १६:४४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij