Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

७५ वर्ष नाघेकालाई १२ हजार र पूर्ण अपाङ्गता भएकालाई ३ हजार भत्ता दिँदै काठमाडौँ महानगर

७५ वर्ष नाघेकालाई १२ हजार र पूर्ण अपाङ्गता भएकालाई ३ हजार भत्ता दिँदै काठमाडौँ महानगर


  • 2.6K
    Shares

    ७५ वर्ष नाघेकालाई १२ हजार र पूर्ण अपाङ्गता भएकालाई ३ हजार भत्ता दिँदै काठमाडौँ महानगर

    काठमाडौँ । काठमाडौँ महानगरले ७५ वर्षमाथिका नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई पोषण भत्ता दिने भएको छ । भत्ता लिनका लागि असार १७ गतेभित्र विवरण पठाउन महानगरले सूचित गरेको छ ।

    ७५ वर्षमाथिका नागरिकलाई वार्षिक १२ हजार र पूर्ण अपाङ्गता भएकालाई वार्षिक तीन हजार रुपैयाँ प्रदान गरिने महानगरले जनाएको छ । भत्ताका लाभग्राहीले आफ्नो आवश्यक कागजात वडा कार्यालयमा असार १७ गतेभित्र पठाउन महानगरले सूचित गरेको छ ।

    कागजात पेस गरेसँगै लाभग्राहीले आफ्नो विवरणसहितको फर्म भर्नुपर्ने छ । भत्ताबापत रकम बैंकमार्फत मात्रै उपलब्ध गराइने छ । बैंक खाता नभएका नागरिकको खाता खोल्ने व्यवस्था वडा कार्यालयले नै मिलाउने छ ।

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १५:५७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij