Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं महानगरपालिकाले माग्यो ‘प्लस टु’को शुल्क विवरण

काठमाडौं महानगरपालिकाले माग्यो ‘प्लस टु’को शुल्क विवरण


  • 3.6K
    Shares

    काठमाडौं महानगरपालिकाले माग्यो ‘प्लस टु’को शुल्क  विवरण

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका निजी विद्यालयहरूको शुल्क नियमन गर्ने भएको छ । महानगर भित्र पर्ने निजी विद्यालयहरूलाई पत्राचार गर्दै महानगरले कक्षा ११ र १२ (प्लस टु) मा नयाँ शैक्षिक सत्र २०८०–८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको हो । महानगरको तथ्याङ्कअनुसार महानगरभित्र ५२० वटा निजी विद्यालयहरू सञ्चालित छन् ।

    ५ असारमा सबै विद्यालयहरूलाई पत्राचार गर्दै महानगरले असार मसान्तभित्र सो विवरण पठाउन भनेको छ । ‘विद्यालयहरूले के-के शीर्षकमा के कति शुल्क लिने हो ? महानगरको शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिम पेस गर्नु होला,’ महानगरले भनेको छ ।

    शुल्क विवरण पेस गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय सहित पेस गर्नु पर्ने महानगरको परिपत्रमा भनिएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार संस्थागत विद्यालयहरूले महँगो शुल्क लिएको गुनासो पछि ऐनले दिएको अधिकार प्रयोग गरेर पहिलो पटक ‘प्लस टु’को शुल्क नियमन गर्न लागिएको हो ।

    ‘नियमअनुसार प्रत्येक वर्ष विद्यालयहरूले आफ्नो शुल्क विवरण महानगरमा पेस गर्नुपर्छ । तर, धेरै विद्यालयहरूले पेस नगरेको पाइएपछि महानगरले समय तोकेरै पेस गर्न भनेको हो,’ शिक्षा अधिकारी कोइरालाले भने, ‘शुल्कबारे आएको गुनासोका आधारमा महानगरले नियमनकै लागि विवरण नै माग गरेको हो ।’

    विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर महानगरमा पेस हुने शुल्क नै अन्तिम शुल्क हुने पनि महानगरले भनेको छ । विद्यालयहरूले सो भन्दा बढी शुल्क लिए कारबाही गरिने महानगरले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १५:१२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij