Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड, यी तरिकाबाट हेर्न सकिन्छ नतिजा

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड, यी तरिकाबाट हेर्न सकिन्छ नतिजा


  • 2.7K
    Shares

    नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड, यी तरिकाबाट हेर्न सकिन्छ नतिजा
    images

    काठमाडौँ  । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल रिपब्लिक मिडियाको आइपिओ बाँडफाँड गरेका छन् । उनले आइपिओ बाँडफाँड कार्यक्रममा उपस्थित भएर नम्बर पिक गरेका हुन् । 

    कम्पनीले काठमाडौँको ठमेलस्थित छाँया सेन्टरमा रहेको होटल अलोफ्टमा बाँडफाँड सम्पन्न गरेको हो । आज भएको बाँडफाँडबाट कम्पनीको शेयर ३ लाख ६१ हजार ९८९ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । त्यस्तै एक भाग्यशाली लगानीकर्ताले थप एक कित्ता सहित ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

    कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको आईपिओमा माग भन्दा ३.८४ गुणा बढीको आवेदन परेको छ ।

    सिडीएससीका अनुसार कम्पनीको आइपीओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड गरेको हो ।

    आइपिओमा आवेदन दिने लगानीकर्ताले चार वटा साइटबाट नतिजा गर्ने व्यवस्था मिलाइएको छ । लगानीकर्ताले सिडिएससीको आइपिओ नतिजा हेर्ने साइट CDSC IPO Result, तथा मेरो शेयरको वेवसाइट MeroShare, र मेगा क्यापिटल मार्केटको वेवसाइटबाट  Mega Capital Markets Limited. बाट हेर्न सकिनेछ ।

     

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १२:३५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij