Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्राइम कमर्सियल बैंक र फोनपेको सहकार्यमा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न

प्राइम कमर्सियल बैंक र फोनपेको सहकार्यमा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न


  • 2.4K
    Shares

    प्राइम कमर्सियल बैंक र फोनपेको सहकार्यमा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न

    काठमाडौँ । प्राइम कमर्सियल बैंक र फोनपेको सहकार्यमा दोलखाको जिरी नगरपालिकामा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’ गरिएको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबार सुरक्षित गर्ने उद्देश्यले केही दिनअघि उक्त कार्यक्रम गरिएको हो ।

    सुरक्षित एवं सहज तरीकाबाट रकमान्तर गर्न, डिजिटल ठगी हुनबाट बच्न एवं अन्य सुरक्षाको उपाय अवलम्बन गर्ने जस्ता विभिन्न पक्ष समेटेर आयोजित कार्यक्रममा विद्यार्र्थी, शिक्षक, जिरी नगरपालिकाका कर्मचारी र सर्वसाधारण सहभागी थिए ।

    उक्त कार्यक्रममा बैंकको मोबाइल बैंकिङ एपमा भएको क्युआर पेमेन्ट, फोनपे डाइरेक्ट जस्ता सुविधाको विषयमा महाप्रबन्धक अमृतचरण श्रेष्ठले जानकारी दिएका थिए । त्यस्तै फोनपेमार्फत गरिने कारोबार, अन्तर–बैंक कारोबार लगायत विषयमा फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले स्पष्ट पारेका थिए ।

     

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - १४:५०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij