Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

६२ अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार

६२ अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार


  • 2.7K
    Shares

    ६२ अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार
    images

    काठमाडौँ  । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्सेले २ हजार १ सय अंक नाघेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से अन्तत : बन्द हुदा अघिल्लो कारोबार दिनको तुलनामा ६२ अंक बढेर २११७ अंकमा कायम भएको हो ।

    बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १२, विकास बैंक १७४, फाइनान्स ९८, होटल तथा पर्यटन ९३, जलविद्युत् ४६, जीवन बीमा ८९१, उत्पादन २३७, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ६६६, अन्य ७९ र ब्यापार १३१ अंक बढे । कुल ६ अर्ब ४९ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ ।

    कुल १८९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ४ को स्थिर रहृयो । लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ, सामलिङ पावर, बीपीडब्लु लघुवित्त, सिटी होटल र शिवम् सिमेन्टको मूल्य १० प्रतिशत बढ्यो । 

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमश : अगाडि रहे ।

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - १४:३८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij