२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको छ ।
लघुवित्तको २०७९ चैत २८ गते सम्पन्न १० औँ बार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ ।
२०७९ चैत १५ गतेसम्म शेयरहरु अभौतिकीकरण गराएका उक्त कम्पनीका शेयरधनीहरुको बोनस शेयर शेयरधनीको सम्बन्धित हितग्रही खातामा जम्मा गरिएको हो ।
सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमश शेयरधनीको सम्बन्धित हितग्राही खातामा उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएकोले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराई आफ्नो बोनस शेयर समेत हितग्राही खातामा प्राप्त गर्न लघुवित्तले अनुरोध गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij