Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ निष्काशन, हेर्नुहोस् क-कसले दिन पाउँछन् आवेदन ?

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ निष्काशन, हेर्नुहोस् क-कसले दिन पाउँछन् आवेदन ?


  • 2.6K
    Shares

    अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ निष्काशन, हेर्नुहोस् क-कसले दिन पाउँछन् आवेदन ?

    काठमाडौँ । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आज (असार १० गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण शेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

    सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २४ गते हुनेछ।

    कम्पनीले निर्माण गरीरहेको २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.९१ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २९ वर्ष ७ महिना बाँकी रहेको छ।

     

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - १०:००:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij