Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

आजको मौसमः यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

आजको मौसमः यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह


  • 4.4K
    Shares

    आजको मौसमः यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

    काठमाडौँ । देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।

    भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा बाढी तथा पहिरोको जोखिम रहने हुँदा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - ०५:२२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij