Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

साता भरिको सेयर बजार : १३ अंकले नेप्से बढ्दा २० अर्ब १४ करोड माथिको कारोबार

साता भरिको सेयर बजार : १३ अंकले नेप्से बढ्दा २० अर्ब १४ करोड माथिको कारोबार


  • 2.8K
    Shares

    साता भरिको सेयर बजार :  १३ अंकले नेप्से बढ्दा २० अर्ब १४ करोड माथिको कारोबार
    images

    काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेठ ३२ गते (जुन,१५) मा २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार ५५.५३ अंकको विन्दुमा उक्लिएको छ । 

    यस साताको कारोबार रकममा समेत सुधार हुँदै २० अर्ब १४ करोड ७ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ साताको पहिलो कारोबार दिन असार ३ गते एकै दिन ५२.२५ अंकले नेप्से बढेकोमा दोस्रो, तेस्रो र चौथो दिन क्रमश : २.९४ अंक, २६.५६ अंक र १४.०५ अंकले नेप्से घट्यो । तर साताको अन्तिम कारोबार दिन बिहीबार भने ४.७५ अंकले बढेर नेप्सेले बिट मारेको छ । 

    मार्केट क्यापिटलाइजेशन ३० खर्ब नाघ्यो

    यो साता सेयर बजारले केहीँ लय समातेसँगै मार्केट क्यापिटलाइजेशन समेत बढेको छ । यो सातामा २४ अर्ब २३ करोड १० लाख रुपैयाँले मार्केट क्यापिटलाइजेशन बढ्दै ३० खर्ब १० अर्ब ४३ करोड १० लाख रुपैयाँ पुगेको हो । अघिल्लो साता मार्केट क्यापिटलाइजेशन २९ खर्ब ८६ अर्ब १९ करोड ५० लाख रुपैयाँमा अडिएको थियो । 


    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - १४:११:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij