Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सनराइज बैंकद्वारा अङ्गभङ्ग भएका व्यक्तिहरुलाई कृतिम अङ्ग प्रदान

सनराइज बैंकद्वारा अङ्गभङ्ग भएका व्यक्तिहरुलाई कृतिम अङ्ग प्रदान


  • 2.3K
    Shares

    सनराइज बैंकद्वारा अङ्गभङ्ग भएका व्यक्तिहरुलाई कृतिम अङ्ग प्रदान

    काठमाडौँ । सनराइज बैंक लिमिटेडले अङ्गभङ्ग भएका व्यक्तिहरुलाई कृतिम अंग प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मधेश प्रदेशको वीरगंजमा अङ्गभङ्ग भएका २० जनालाई कृतिम हात तथा खुट्टा प्रदान गरेको हो । 

    रोटरी क्लब,वीरगंजमा आषाढ ७ बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कुमार यादबले सिएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा स्वास्वत प्रसादलाई रु २ लाख ७५ हजारको चेक हस्तान्तरण गरे । 

    उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग नि शुल्क समेत प्रदान गरिएको थियो । कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै सन्राइज बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए । 

    सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।

     

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - ११:५५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij