Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

४.७५ अंकले बढ्यो नेप्से, ३ अर्ब बराबरको कारोबार

४.७५ अंकले बढ्यो नेप्से, ३ अर्ब बराबरको कारोबार


  • 2.6K
    Shares

    ४.७५ अंकले बढ्यो नेप्से, ३ अर्ब बराबरको कारोबार
    images

    काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य वृद्धि भएको छ । बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ । बिहीबार होटेल एण्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि देखियो । जीवन बीमा र निर्जीवन बीमामा समेत वृद्धि भएको छ । अन्य उपसूचकहरु राताम्य देखिए ।

    आज २७६ धितोपत्रको ५६ हजार ५५६ वटा कारोबारबाट ८० लाख ८ हजार २४६ कित्ता सेयर किनबेच भएको छ । भने कारोबार रकम ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रहेको छ ।

    अधिकांश होटलको सकारात्मक सर्किट लेवलमा कारोबार भयो । तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, कालिञ्चोक दर्शन प्रालि, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल, हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटेलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो ।

    सिटिजन्स म्यूचल फण्ड, इङ्वा हाइड्रो, नेष्डो समृद्ध लघुवित्तसहितका लगानीकर्ताले सर्वाधिक गुमाए । सोल्टी होटेल, हिमालयन डिष्ट्रलरी, शिवम् सिमेन्ट, नागरिक लगानी कोषलगायत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

     

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १५:०१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij