Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

२०५० बिन्दुमा नेप्से, साढे ३ अर्ब बराबरको कारोबार

२०५० बिन्दुमा नेप्से, साढे ३ अर्ब बराबरको कारोबार


  • 3.1K
    Shares

    २०५० बिन्दुमा नेप्से, साढे ३ अर्ब बराबरको कारोबार
    images

    काठमाडौँ । बुधबार सेयर बजार ओर्लेर २०५० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा १४.०५ अंकले घटेर नेप्से २०५० अंकमा अडिएको हो । कारोबार रकम पनि घटेको छ । हिजो कुल ४ अर्ब ११ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चिएको छ ।

    ४५ कम्पनीको मात्रै मूल्य बढ्दा १७८ को घट्यो भने २ को स्थिर रह्यो । बैंकिङ १०, विकास बैंक ५२, फाइनान्स २८, जलविद्युत् ४१, माइक्रोफाइनान्स ४० र अन्य ७ अंक घटे । होटल तथा पर्यटन २३९, जीवन बीमा ११ र उत्पादन उपसमूह १५ र व्यापार उपसमूह २ अंक बढे ।

    सिटी होटलको १० प्रतिशत तथा सोल्टी होटलको ७ प्रतिशत मूल्य बढ्यो । बीपीडब्लू लघुवित्त र इङवा हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढ्यो । ग्रिनभेन्चरको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल र नागरिक लगानी कोष क्रमशः अगाडि रहे ।

    प्रकाशित मिति :आषाढ ६ २०८० बुधवार - १४:३७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij