२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । घोराही सिमेन्टको आइपिओमा खातामा पर्याप्त रकम नभई आवेदन दिनेहरूको नाम सार्वजनिक भएको छ । घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा खातामा पैसा नै नभई ठूलो मात्रामा आवेदन दिनेहरुको नाम सार्वजनिक गरेको हो । नेपाल धितोपत्र बोर्डले खातामा पैसा नभई पनि १०१० लाख कित्ताका लागि आवेदन दिने १२ जनाको पहिचान गरेको हो ।
बोर्डको अनुसार गोरखाकी सावित्रा पराजुली, रुपन्देहीकी लक्ष्मी घिमिरे, मोरङकी मुना खत्री र चितवनका मनोज पाठकले यसरी खातामा पर्याप्त पैसा नै नभई आवेदन दिएका हुन्। यी व्यक्तिहरूले १० लाख कित्ताको दरमा आवेदन दिएका हुन्।
खातामा पर्याप्त रकम नभई १० लाख कित्तासम्म आवेदन दिने अन्यमा सुनसरीका मिथिलेशकुमार मेहता, दोलखाकका नवीन खत्री, ललितपुरका अनिल राना, पर्वतकी रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्य बानेश्वरकी सुमित्रा बम रहेका छन्।
यी १२ जनाले १ करोड २० लाख कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए । १० लाख कित्ता सेयरका लागि आवेदन दिनु भनेको अधिकतम् कित्ताका लागि आवेदन दिनु हो । धितोपत्र बोर्डले यसरी आफ्नो बैंक खातामा पर्याप्त रकम नभई आवेदन हाल्ने व्यक्तिमाथि अनुसन्धान सुरु गरेको छ । कम्पनीले ६९ लाख ११ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
फर्जी आवेदन दिएर आइपिओमा लगानीकर्ताहरूको आकर्षण रहेको देखाउने प्रयास भएको आशंकामा धितोपत्र बोर्डले सोमबार नै आइपिओ तत्काललाई स्थगत गरेको थियो। कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङु प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर बिक्री प्रबन्धकहरूमा हिमालय क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन्। बिक्री प्रबन्धकले नै सेयर प्रत्याभूति गरेका हुन्छन्। सेयर प्रत्याभूतिकर्ताले बिक्री नभएको सेयर सकार्नु पर्छ।
कम्पनीले सर्वसाधारणको लागि जेठ ३२ गते बिहिबारदेखि प्रतिकित्ता प्रिमियम मूल्य ४३५ रुपैयाँ पर्ने आइपिओ ६९ लाख ११ हजार ६७० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । उक्त आइपिओमा सर्वसाधारणहले असार ४ गते सम्ममा आइपिओ खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको भएता पनि पुनः असार १४ गतेसम्म अवधि थपेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij