Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चुमनुब्री गाउँपालिकाले गर्यो आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक

चुमनुब्री गाउँपालिकाले गर्यो आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक


  • 2.5K
    Shares

    चुमनुब्री गाउँपालिकाले गर्यो आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक

    गोरखा । ‘दिगो विकास, अनुपम संस्कृति, उन्नत पर्यटन, समृद्ध चुमनुव्री’ भन्ने नाराका साथ पालिकाले आइतबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अनुमोदन गरेको हो।पालिकाका प्रमुख निमा लामाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा निषेधित क्षेत्र खुल्ला गर्ने देखि पालिकाको भवन निर्माण गर्ने कुराहरुलाई जोड दिएका छन् ।

    गाउँपालिकाको स्वास्थ्य, शिक्षा, पूर्वाधारहरुको आगामी चार वर्षको गुरुयोजना तयार भएको पालिका अध्यक्ष लामाले बताए। पालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उत्तरी क्षेत्रको छेकम्पारको ङुइला क्षेत्रको नाका र सामागाउँको रुइला नाका खुल्ला गर्न कुटनीतिक माध्यमबाट सरकारसँग पहल गर्ने, निषेधित क्षेत्र खुल्ला गरी खुल्ला पर्यटकीय नीति अबलम्बन गर्ने र गाउँपालिकाको प्रशासकीय भवनलाई केन्द्रिय सरकारसँग समन्वय गरि छिटो निर्माण सम्पन्न गर्ने जनाएको छ ।

    पर्यटन प्रर्बधनमा मनास्लु पर्यटकीय पदमार्गलाई स्तरउन्नति गरिने, उत्तर दक्षिण लोकमार्ग अन्तरर्गत छेकम्पार सामागाउँ जोड्ने सडकखण्डलाई प्राथमिकताका साथ अघि बढाउने, गाउँपालिकाको सदरमुकाम जोड्ने मोटररेबल पुललाई अघि बढाउने, गाउँपालिकालाई प्लाष्टिक, सिसाबाट प्रदुषण मुक्त क्षेत्र घोषणा गर्ने पनि अध्यक्ष लामाले जानकारी दिए ।

    पालिकाभित्रका सबै सरकारी कार्यालयमा नागरिक वडापत्र अनिवार्य व्यवस्था गर्ने, शिक्षक, सरकारी कर्मचारी, गाउँ कार्यपालिकाको वार्षिक क्यालेन्डर तयार गर्ने, सम्पूर्ण सरकारी कार्यालयको जिन्सी सामग्री दुरुस्त राख्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको उनले बताए ।

    त्यस्तै, आइतबार नै चुमनुव्री गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणागरिएको छ । पालिका भित्रका लक्षित बालबालिकाहरुमा सबै प्रकारको खोप लगाएको प्रमाणित भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ ६ २०८० बुधवार - ०९:३८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij