२०८२ कार्तिक २९ गते शनिवार
दमौली । तनहुको व्यास नगरपालिकाले चालु आर्थिक बर्षमा ९३ प्रतिशत योजना सम्झौता सम्पन्न भएका छन् ।
नगरपालिकाले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको जेठ मसान्त सम्म १ हजार ३ सय १५ कुल योजना सञ्चालन गर्ने नीति अनुसार १ हजार २ सय २८ वटा योजनाको सम्झौता भएको, ८ सय १९ योजना सम्पन्न भई भुक्तानी लिइसकेको ,४ सय ९ वटा योजना अन्तिम चरणमा पुगेको ,८४ योजना वटा सम्झौता नै नभएको तथा ३ योजनाको सुचना प्रकाशित गर्न बाँकी रहेको नगरपालिकाको पूर्वधार विकास शाखाले जनाएको छ ।
नगरपालिकाले उपभोक्ता समिति र ठेक्का मार्फत संचालन गरिएकोमा ९३ प्रतिशत योजनाको सम्झौता भएकोमा ६२ प्रतिशत योजना सम्पन्न भएका छन् भने ३१ प्रतिशत योजना निमार्णधीन अवस्थामा रहेको र ७ प्रतिशत योजनाको सम्झौता नै नभएको योजना अधिकृत भेषराज तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार ठेक्का मार्फत ६० योजना मध्ये ५६ योजना सम्झौता सम्पन्न भई भुक्तानी लिईसकेको , ३० योजना निमार्णधीन अवस्थामा र १ योजना सम्झौता नै नभएको तथा ३ योजनाको सुचना प्रकाशित हुन बाँकी रहेको छ ।
उपभोक्ता समिति मार्फत संचालित १ हजार २ सय ५५ योजनामा ७ सय ९३ योजना सम्पन्न भई भुक्तानी लिईसकेको छ भने ३ सय ७९ योजना निमार्णधीन अवस्थामा रहेका छन् । त्यस्तै ८३ योजना सम्झौता हुन बाँकी रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij