Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

पशुपति क्षेत्र विकास कोष सञ्चालकमा २ जना सदस्य नियुक्त

पशुपति क्षेत्र विकास कोष सञ्चालकमा २ जना सदस्य नियुक्त


  • 2.2K
    Shares

    पशुपति क्षेत्र विकास कोष सञ्चालकमा २ जना सदस्य नियुक्त
    images

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त भएका छन् ।

    कोष सञ्चालक परिषद्को सदस्यसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पराजुली र ढकाललाई सदस्यमा नियुक्त गरेको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए ।

    कोष सञ्चालक परिषद्को सदस्य मन्त्री अर्थात् परिषद् अध्यक्ष स्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ मा गरिएको छ । ऐनको दफा ८ को उपदफा २ अनुसार संस्कृति विज्ञ एवम् धार्मिक पर्यटन विज्ञमध्येबाट बढीमा सात जना सदस्य कोष सञ्चालक परिषद्मा नियुक्त गर्ने व्यवस्था छ ।

    परिषद्मा राष्ट्रिय योजना आयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मूल भट्ट, संस्कृति, गृह, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौँ महानगरपालिकाका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासकमध्ये एक जना पदेन सदस्य रहने व्यवस्था पनि ऐनमा गरिएको छ ।

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - ११:२६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij