Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सन‍्‍राइज बैंकद्वारा सुनसरीमा पशुपालन र डडेलधुरामा आलु खेती सम्बन्धी तालिम संचालन

सन‍्‍राइज बैंकद्वारा सुनसरीमा पशुपालन र डडेलधुरामा आलु खेती सम्बन्धी तालिम संचालन


  • 2.7K
    Shares

    सन‍्‍राइज बैंकद्वारा सुनसरीमा पशुपालन र डडेलधुरामा आलु खेती सम्बन्धी तालिम संचालन

    काठमाडौँ । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन र डडेलधुरामा आलु खेती सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्दिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्यका साथ अषाढ १ गतेदेखि झुम्का, सुन्सरीमा ३१ जना सहभागिहरुका साथमा २ दिने मासु उत्पादनका लागि पशुपालन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

    बैंकले कोशी प्रदेशका प्रमुख श्री विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो । २ दिने कार्यक्रमको प्रशिक्षण डानागेन्द्र बहादुर दाहाल र श्री सबिन खतिवडाले गरे ।

    उक्त कार्यक्रममा विशेषगरी बाख्रा, बङ्गुर र कुखुरा पालनमा केन्द्रित सिपमुलक तालिम दिइएको थियो । कृषकहरु समक्ष कृषी, आम्दानी वृद्धि र बैंकिङ्ग ज्ञान प्रदान गर्न जेठ ३२ गतेदेखि अमरगढी ०८, डडेलधुरामा आयोजित २ दिने आलु खेती उत्पादन तथा वित्तिय साक्षरता कार्यक्रममा ४० जना सहभागिहरु थिए । 

    कार्यालयका स्रोत व्यक्तिहरु ध्रुवराज जोशी र मनिषा चौधरीद्वारा प्रशिक्षित उक्त कार्यक्रम मुख्य अतिथी अमरगढी ०८ का वडा अध्यक्ष नर बहादुर शंखी र बैंकका तर्फबाट प्रतिनिधि पुष्पराज भट्टको उपस्थितिमा आयोजना गरिएको थियो । तालिमले आलुको व्यवसायिक उत्पादन, बजारिकरण, आलुबाट बनाउन सकिने सामाग्री सम्बन्धि ज्ञान र त्यसबाट आफ्नो आयलाई कसरी बढाउन सकिन्छ भन्नेबारे ज्ञान समेत दिइएको थियो । 
     
    सिपमुलक तालिमले कृषकहरुमा उत्पादन बृद्दि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यवसायिक क्षमतामा बृद्दि गर्ने बैंकले विश्वास लिएको छ । बैंकले यस्ता शिप मुलक तालिम देशभरीका सातै प्रदेशमा गर्दै आएको छ ।

     

    प्रकाशित मिति :आषाढ ४ २०८० सोमवार - १६:५४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij